
रौतहट । अगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रौतहट सदरमुकाम गौरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
चारवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा शुक्रबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएकाे हाे ।
निर्वाचन क्षेत्र नम्बर १ को लागि करदाता सेवा कार्यालय गौरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ भने क्षेत्र नम्बर २ को परोहा नगरपालिकाको लौकाहा, क्षेत्र नम्बर ३ काे कटहरिया नगरपालिकाको कार्यालय कटहरिया तथा क्षेत्र नम्बर ४ को चन्द्रपुर नगरपालिका वडा नम्बर ५ स्थित निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।