
काठमाडौै । प्रधानमन्त्री सुशीला कार्कीले थारु समुदायको मौलिक संस्कृति, भाषा र पहिचानको संरक्षण र प्रवद्र्धन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । बिहीवार काठमाडौमा आयोजित थारु राष्ट्रिय माघी महोत्सवको सम्बोधन गर्दै उहाँले नेपालमा पश्चिमको कञ्चनपुरदेखि पूर्वको झापासम्म र तराई मधेसका विभिन्न जिल्लामा बसोबास रहेको थारु समुदाय देशविदेशमा समेत फैलिँदै गएको बताउनु भयो ।
जो जहाँ पुगेपनि आफ्नो मौलिक संस्कृति, भाषा, पहिचान र परम्परालाई सबैले अनुशरण गर्नुपर्ने उहाँको भनाई छ । उहाँले माघ १ गते नेपालका विभिन्न समुदायहरुले फरक फरक नाम, शैली र परम्पराअनुसार चाडपर्व मनाउने गरेको बताउनुभयो । चाडपर्व मनाउने शैली फरकफरक भएपनि त्यसको मर्म एउटै रहेको उहाँको भनाई छ ।
उहाँले आपसी सम्मान, एकता, सद्भाव र सह–अस्तित्व नै सबै चाडपर्वको मर्म भएको उल्लेख गर्नुभयो । उहाँले आपसी सद्भाव, विश्वास, सहकार्यका माध्यामबाट मुलुकलाई शान्ति, स्थायित्व र समृद्धितर्फ अग्रसर गराउनु आजको राष्ट्रिय आवश्यकता भएको बताउनु भयो ।
उहाँले वर्तमान परिस्थितिमा अझ संयमित र एकतावद्ध भएर अगाडी बढ्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।