
ताप्लेजुङ । मर्मतसम्भार गर्नुपर्ने भएपछि मेची राजमार्गको ताप्लेजुङ सडकखण्डमा दिउँसो यातायात बन्द गर्न थालिएको छ ।
शुक्रबारदेखि २८ गतेसम्म हरेकदिन बिहहान ८ देखि दिउँसो २ बजेसम्म सवारी रोकेर सडक मर्मत भइरहेको हो । बहानन्देदेखि काबेली खण्डको सडक पुनर्निर्माणका लागि ब्लाष्टिङ गर्नुपर्ने भएकाले यातायात पूर्णरूपमा बन्द गर्नुपरेको कार्यालयले जनाएको छ ।