
काठमाडौं । निर्वाचन आयोगले कानुनी र प्राविधिक हिसाबले अन्तर-निर्वाचन क्षेत्र मतदान यसपालि पनि सम्भव नभएको बताएको छ ।
आयोगले शुक्रबार गरेको पत्रकार सम्मेलन गरेर समानुपातिक मतपत्र छपाइ सुरू भएको र माघ १० गतेदेखि प्रत्यक्षतर्फको मतपत्र छाप्न थालिने जनाएको छ । निर्वाचनमा सामाजिक सञ्जाल नियमनका लागि मेटा र टिकटक लगायतसँग सम्पर्क भैरहेको पनि आयोगले जनाएको छ ।