कसरी गर्दैछ त जनक शिक्षाले मतपत्र र पाठ्यपुस्तक छपाइको काम ?

पुस २०, २०८२ |नारायण किलम्बू
कसरी गर्दैछ त जनक शिक्षाले मतपत्र र पाठ्यपुस्तक छपाइको काम ?

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्रले मतपत्र छपाइको तयारी गरिरहेको छ । 

यससँगै जनक शिक्षाले आउँदो शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छापेर समयमै विद्यार्थीको हातमा पनि पुर्याउनुछ । कसरी गर्दैछ त जनक शिक्षाले मतपत्र र पाठ्यपुस्तक छपाइको काम ?

आउँदो शैक्षिक सत्रका लागि सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका ४१ लाख विद्यार्थीका लागि २ करोड ४० लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्छ । त्यसमध्ये जनक शिक्षाले १ करोड ७० लाख र निजी क्षेत्रले कक्षा ७० लाख थान पुस्तक छपाइको जिम्मा पाएका छन् । 

त्यसमध्ये जनक शिक्षाले अहिलेसम्म १ करोड ३० लाख थान पुस्तक छापिसकेको छ भन्ने ४० लाख थान छाप्न बाँकी छ । प्रतिनिधि सभा निर्वाचनका लागि यही पुस २२ बाट मतपत्रको छपाइ गर्ने तयारी गरिरहेको जनक शिक्षाले बाँकी ३० प्रतिशत पुस्तक कसरी छपाई गर्छ ?

जनक शिक्षाले मतपत्र छपाइका लागि ४ वटा वेभटेक मेसिनको व्यवस्था गरिएको छ । ४ करोड मतपत्र र निर्वाचन सामग्री छाप्न ४५ दिन लाग्नेछ । प्रश्नपत्र छाप्न एक महिना लाग्ने भएकाले मतपत्र छपाइ सुरू भएपछि एसईईको प्रश्नपत्र छपाइ भने प्रभावित हुनसक्ने जनक शिक्षाका अधिकारीहरुको भनाइ छ । तर पाठ्यपुस्तक छपाइ भने समयमै सकिने उनीहरु बताउँछन्, यसका लागि ८ वटा अत्याधुनिक रंगिन मेसिनको व्यवस्था गरिएको छ । 

जनक शिक्षाका ४ सय कर्मचारीमध्ये मतपत्र र पुस्तक छपाइका लागि २-२ सय कर्मचारीको कार्यविभाजन समेत गरिसकिएको छ । मतपत्र छपाइ गरे पनि दैनिक ६० हजार थान पुस्तक छपाइ गरी जिल्लाहरुमा पुर्याउने र चैत पहिलोसाताबाट बिक्री वितरण सुरू गर्ने योजना जनक शिक्षाले बनाएको छ ।

सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई नि:शुल्क पाठयपुस्तक उपलब्ध गराउँदै आएको सरकारले त्यसका लागि बर्सेनि २ अर्ब रुपैयाँ विनियोजन गर्दै आएको छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।