प्रतिनिधि सभा निर्वाचनका लागि ६२ दिन बाँकी

समानुपातिक उम्मेद्वारको बन्दसूची मिलाउन दलहरूलाई सात दिनको समयसीमा
पुस १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधि सभा निर्वाचनका लागि ६२ दिन बाँकी

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ६२ दिन बाँकी रहेको छ । 

निर्वाचन मिति नजिकिँदै जाँदा राजनीतिक दलहरूले आन्तरिक तयारी तीव्र पारेका छन् । निर्वाचन आयोगले राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको कामलाई एकैसाथ अगाडि बढाएको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । 

निर्वाचनमा प्रयोग हुने निर्वाचन सामग्री ढुवानीका लागि हेलिकप्टर, ट्रक, कन्टेनर प्रयोग गरिनेछ । ढुवानीका लागि कुरियर सेवा सञ्चालन गर्ने फर्म वा कम्पनीलाई सूचीकृत हुन आउन आयोगले आग्रह गरेको छ । आयोगले सूचीकृत हुन इच्छुक फर्म वा कम्पनीलाई आवश्यक सर्त पूरा गरी आवेदन दिन भनिएको छ । 

सम्बन्धित निकायबाट सेवा सञ्चालन गर्न प्राप्त गरेको इजाजतपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र र आर्थिक वर्ष २०८१/८२ सम्मको कर चुक्ता प्रमाणपत्र र विगत तीन आवको कारोबार विवरण खुलेको प्रमाणपत्रको प्रतिलिपि पेस गर्न आयोगले आग्रह गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.