
काठमाडौं । गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै छन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर गुरुङ समुदायले तमु ल्होसार मनाउँछन् ।
ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको जानकारहरू बताउँछन् ।
तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।