
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताउनुभएको छ ।
मन्त्रालयमा आइतबार आयोजित छलफल कार्यक्रममा उहाँले सरकारले नीतिगत रूपमा सुधार गरेर नै अनलाइन टिभी मिडियाहरूसँग सरकारले सहकार्य गर्ने बताउनुभएको हो । उहाँले अनलाइन टिभी मिडिया न्यू मेन स्ट्रिम मिडिया भएको पनि बताउनु भयो ।
उहाँले न्यू मेन स्ट्रिम मिडियाले देश र जनताको लागि ठूलो सहयोग गरेको पनि बताउनु भयो । न्यू मेन स्ट्रिम मिडियालाई दर्ता प्रक्रियामा सहजीकरण, लोककल्याणकारी विज्ञापन, नविकरणमा सहजीकरण, तालिम, पुरस्कारलगायतका व्यवस्था सरकारले गर्ने उहाँकाे भनाइ छ ।
उहाँले नयाँ प्रविधि र अवधारणसहित सञ्चालनमा आएका युट्युव च्यानल, अनलाइन टेलिभिजनलाई सरकारले पनि सहयोग गर्न आवश्यक नीति बनाउन लागेको पनि जानकारी दिनुभयो ।