धनगढीमा प्रदर्शन गरिरहेका जेन-जीमाथि एमाले निकट युवा संघको आक्रमण

मंसिर १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
धनगढीमा प्रदर्शन गरिरहेका जेन-जीमाथि एमाले निकट युवा संघको आक्रमण

धनगढी । धनगढीमा जेन-जी युवाहरूको प्रदर्शनमा एमालेको भ्रातृ संगठन युवा संघले आक्रमण गरेको छ।

आक्रमणमा एक जेन-जी युवा घाइते भएका छन्। स्थितिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेता बस्नेत धनगढी आउने जानकारी पाएपछि जेन-जी युवाहरू बिहानैदेखि प्लेकार्ड बोकेर सडक छेउमा उभिएका थिए। बस्नेतलाई स्कर्टिङ गर्दै ल्याएका युवाहरूले सडक छेउमा उभिएका प्रदर्शनकारीमाथि आक्रमण गरेको स्थानीयले बताएका छन्। 

ठूलो संख्यामा खटाइएका सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.