थाइल्यान्डमा भिषण वर्षापछि आएको बाढीका कारण कम्तिमा ३३ जनाको मृत्यु

बाढीको प्रभाव १० वटा प्रान्तमा
मंसिर १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
थाइल्यान्डमा भिषण वर्षापछि आएको बाढीका कारण कम्तिमा ३३ जनाको मृत्यु

काठमाडौं । थाइल्यान्डको दक्षिणी क्षेत्रमा तीन सय वर्षयताको भिषण वर्षापछि आएको बाढीका कारण कम्तिमा ३३ जनाको मृत्यु भएको छ । 

बाढीको प्रभाव १० वटा प्रान्तमा पूर्ण रूपमा देखिएको छ । मलेसियासँग सीमा जोडिएको हात येई सहरमा एकै दिन ३३ सय ५० मिलिमिटर पानी परेको स्थानीय अधिकारीहरूले बताएका छन् । देशभर गरेर २० लाखभन्दा बढी मानिस प्रभावित छन् । ठूलो जनसंख्या सम्पर्कविहीन रहेको तथा उद्धार पुर्याउन कठिन भइरहेको रोयटर्स समाचार समितिले जनाएको छ । 

थाइल्यान्डको सेनाले हवाईजहाज र डुंगाहरू बोकेर उद्धार कार्यमा खटिएको जनाएको छ । वर्षा र बाढीको प्रभाव भियतनाम र मलेसियामा पनि देखिएको छ । भियतनाममा ९८ जनाको मृत्यु भएको छ । त्यस्तै, मलेसियामा १९ हजारभन्दा धेरै घरबारविहीन बनेका छन् । उनीहरूलाई उद्धार गरेर विभिन्न सेल्टरहरूमा राखिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.