
काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङको अग्रसरतामा खुलेको ‘उज्यालो नेपाल पार्टी’ र अभियन्ता खगेन्द्र सुनार नेतृत्वको‘ हाम्रो नेपाल पार्टी’ ले एउटै चुनाव चिन्हमा चुनाव लड्ने भएका छन् ।
अगामी आम निर्वाचनामा ‘उज्यालो नेपाल पार्टी’को ‘उज्यालो नेपाल पार्टी’ बिजुलीको चिम चिन्हमा चुनाव लड्ने भएका हुन् । कुलमानको उज्यालो नेपालले बिजुलीको चिम र खगेन्द्रको हाम्रो नेपालले ‘लाइट’ चुनाव चिन्ह निर्वाचन आयोगबाट लिएका थिए । तर प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि साझा चुनाव चिन्हको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
पत्रकार सम्मेलनका क्रममा सुनारले अहिले निर्वाचनका लागि एक भएको र योजना, रणनीतिहरु मिलेसँगै पार्टी एकता टाढाको कुरा नभएको बताउनु भयो ।