
काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले हरेक नागरिकले निर्भयताका साथ मतदान गर्नसक्ने वातावरण सिर्जना गर्ने बताउनुभएको छ ।
बुधबार सिंहदरबारमा राजनीतिक दलहरूसँग छलफल गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचनलाई शान्तिपूर्ण, भयरहित बनाउन सुरक्षा सरकारको सुरक्षा उच्च प्राथमिकताको विषय भएको बताउनु भयो । जोखिम व्यवस्थापनका लागि राजनीतिक विवाद चर्किएका वा सुरक्षाका रूपमा संवेदनशील जिल्लाहरूलाई हटस्पटमा राखेर सादा पोशाकका सुरक्षाकर्मी र गुप्तचर परिचालन गरिएको उहाँले बताउनु भयो ।
हिमाली जिल्लाको बन्दोबस्तीलगायत सबै निर्वाचन व्यवस्थापनका समस्या अहिलेबाटै समाधान खोज्न आयोगसँग समन्वय गरिरहेको पनि उहाँले बताउनु भयो । वर्तमान सरकार लोकतान्त्रिक निकासको लागि बनेको एक पुल भएको उहाँकाे दाबी छ ।