गोली प्रहारबाट मिथिला-बिहारी नगरपालिकाका वडाध्यक्ष यादवको हत्या

कार्तिक २८, २०८२ |अनिल मिश्र
गोली प्रहारबाट मिथिला-बिहारी नगरपालिकाका वडाध्यक्ष यादवको हत्या

धनुषा । धनुषाको मिथिला-बिहारी नगरपालिका-९ स्थित अण्डुपट्टीमा स्थानीय स्तरमा वादविवाद हुँदा गोली प्रहारबाट वडाध्यक्ष विन्देश्वर यादवको हत्या भएको छ ।

अहिले साँझ साढे ६ बजे यादवमाथी गोली प्रहार भएको थियो । लगत्तै यादवलाई प्रादेशिक अस्पताल जनकुपरमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटनामा वडाध्यक्ष यादवसँगै स्थानीय रामवरण यादव र दिपेन्द्र यादव घाइते भएका छन् ।

गोली प्रहार गर्नेको भने पहिचान खुल्न नसकेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।