‘फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेशन सञ्चालन गर्ने’

कार्तिक २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेशन सञ्चालन गर्ने’

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेशन सञ्चालन गर्ने बताउनुभएकाे छ ।

शनिबार काठमाडौंमा महासंघद्वारा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यसमा नागरिक स्तरको तहबाट पनि सहयोग आवश्यक रहेको बताउनु भयो । सुशासन दिन सकेन भने द्वन्द्व दोहोरिन सक्ने उहाँले बताउनु भयो । 

उहाँले अहिलेसम्म जेन-जी आन्दोलनका क्रममा लुटिएका ७ सय १० वटा हतियार फिर्ता भइसकेको र केही अझै फिर्ता हुन बाँकी रहेको बताउनु भयो । आन्दोलनका क्रममा १४ हजार ५ सय ४९ जना फरार रहेकोमा ९ हजार ५ सय २१ जना फिर्ता आइसकेको र अझै पाँच हजार १ सय ५ जना बाहिर रहेको उहाँले जानकारी दिनुभयो । गृहमन्त्री अर्यालकाअनुसार अझै ३५ प्रतिशत कैदीबन्दी फरार छन् ।

उहाँले कानूनी राज्यको जगेर्ना गर्नु आफ्नो दायित्व भएको बताउनु भयो । सरकार र निजी क्षेत्र एक अर्काको परिपूरक भएको बताउँदै निजी क्षेत्रको दायित्व अर्थतन्त्रको जगेर्ना गर्नु रहेकाे उहाँले बताउनु भयो । सरकार थप रचनात्मक भएर अघि बढ्ने उहाँले प्रतिबद्धता जनाउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.