सुख्खा पहिरोले बिपी राजमार्ग अवरुद्ध, डाइभर्सन बनाइदैं

कार्तिक १६, २०८२ |पुजन धिताल
सुख्खा पहिरोले बिपी राजमार्ग अवरुद्ध, डाइभर्सन बनाइदैं

काभ्रे । सुख्खा पहिरोले बिपी राजमार्ग अवरुद्ध भएको छ । तीन दिनदेखि काभ्रेपलाञ्चोक जिल्लाको रोशी-८ चारसयबेशी र रोशी-१२ माम्तीमा सडक माथिबाट सुख्खा पहिरो निरन्तर आइरहेकोले राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाएर डाइभर्सन बनाउने काम भइरहेको छ ।

प्रहरीका अनुसार विभिन्न स्थानको लेदो र पहिरो पन्छाइसकेको भएपनि राजमार्गको चारसयबेशीमा निरन्तर सुख्खा पहिरो खसिरहेकोले यातायात सञ्चालनमा रोक लगाएको हो । उक्त स्थानमा अहिले डाइभर्सन बनिरहेको छ । बिहीबारदेखि परेको अविरल बर्षाका कारण बिपी राजमार्ग अन्तर्गत चौकीडाँडा, डालाबेशी, नार्के, चारसयबेशी र घुमाउने लगायतको स्थानहरूमा ढुङ्गा खस्ने लेदो सहितको पहिरो खसी सडक पूर्ण रुपमा अवरोध भएको थियो । 

माम्तीको तल्लो भेगमा गत आसोजमा सडक बगेर बनेको डाइभर्सनमा लेदो सहितको बाढ़ी पसेर अवरुद्ध भएको थियो । गत वर्षको असोज १०,११ र १२ गतेको वर्षाले बिपी राजमार्गको विभिन्न स्थानमा सडक बगाएको थियो । बगाएको स्थानमा डाईभर्सन निर्माण पश्चात यातायात सुचारु गरेको थियो । उक्त डाईभर्सन पनिअसोज १८ र १९ गते परेको अविरल वर्षाकाकारण रोशी खोलामाआएको बाढीले क्षति पु-याएको थियो ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।