दोलखामा जीप दुर्घटना हुँदा ४ जना घाइते

कार्तिक ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
दोलखामा जीप दुर्घटना हुँदा ४ जना घाइते

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका-९ सुर्केमा बोलेरो जिप दुर्घटना हुँदा ४ जना घाईते भएका छन् ।

मंगलबार विहान सुर्केबाट चरिकोटतर्फ आउँदै गरेको ग २ च ३४०० नम्बरको बोलेरो जिप दुर्घटना भएको हो । दुर्घटना ४० वर्षीया गोमा भुजेल, ५२ वर्षीया महेन्द्रबहादुर श्रेष्ठ, कृष्णकुमारी श्रेष्ठ र गंगा कुमारी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाईते गोमा भुजेललाई काठमाडौं रेफर गरिएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको चरिकोटस्थित च्छो–रोल्पा अस्पतालमा उपचार भईरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.