नारायणघाट-मुग्लिन सडक खण्डमा ७ ओटा सवारीसाधन ठोक्किदा २१ जना घाइते

कार्तिक १, २०८२ |राजु चौधरी
नारायणघाट-मुग्लिन सडक खण्डमा ७ ओटा सवारीसाधन ठोक्किदा २१ जना घाइते

चितवन । नारायणघाट- मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर-२९ गाइघाटमा आज विहान ७ ओटा सवारी साधन एकआपसमा ठक्कर खादा २१ जना घाइते भएका छन् ।

आज विहान ७:३० बजेको समयमा मुग्लिङबाट नारायणघाट तर्फ आउदै गरेको ना ८ ख ६६२९ नम्बरको ट्रक र बिपरित तर्फबाट जाँदै गरेको बा ४ ख ७४२० नम्बरको बस, बसको पछाडी ना ७ ख ९६०७ नम्बरको टेलर, त्यसको पछाडि बा.प्र. ०६-००१ ग ०४८४ नम्बरको इभि माईक्रो, त्यसको पछाडी ग २ ख १६२६ नम्बरको बस, बसको पछाडी ना ३ च ३२५६ नम्बरको बलेरो र त्यसको पछाडी BAB ८४७० नम्बको कार ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटना पछि बाटो अवरुद्ध बनेको छ ।

घाइते सबैको उद्दार गरी भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घटना बारे थप विवरण आउन बाँकी छ ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।