भक्तपुरमा राति ९ वजे सम्म मात्रै देउसी भैलो खेल्न पाईने

कार्तिक १, २०८२ |सुन्दर शिल्पकार
भक्तपुरमा राति ९ वजे सम्म मात्रै देउसी भैलो खेल्न पाईने

भक्तपुर । भक्तपुरमा राति ९ वजे पछि देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले देउसी-भैलो लगायतका कार्यक्रम सञ्चालन गर्दा मर्यादित, अनुशासित एवम् व्यवस्थित ढंङ्गले बेलुका ९ बजेसम्म गर्न विज्ञप्ती मार्फत आग्रह गरेको हो ।

देउसी-भैलो खेल्दा कोही कसैको गुनासो नआउने गरी मात्र खेल्न र सार्वजनिक आवागमन हुने सडक मार्गमा अवरोध हुनेगरी नखेल्न विज्ञप्ति मार्फत प्रमख जिल्ला अधिकारी नमराज घिमिरेले आग्रह गरेका छन् । सार्वजनिक स्थान, पदमार्ग, सडक मार्ग जस्ता स्थानमा आम सर्वसाधारणको आवागमनलाई बाधा पर्नेगरी कुनै पनि प्रकारको पुजा मण्डप वा दिपावली उत्सव स्थल बनाउन समेत नपाईने भएको छ ।

यस्तै आपसी सद्भाव कायम गर्न, जुवातास नखेल्न, अनलाईन ठगीबाट वच्न, कालोवजारी नगर्न, सावर्जनिक सवारी साधनमा बढी भाडा नलिन लगाएत ९ बुँदे विज्ञप्ति सार्वजनिक गरिएको हो । विज्ञप्तिमा उल्लेखित कुराहरुको बर्खिलाप हुने गरी कोही कसैले कुनै गतिविधि गराएको पाइएमा निजको सुरक्षा निकाय वा प्रहरी कन्ट्रोल १०० मा जानकारी गराउनु हुन समेत आग्रह गरिएको छ ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।