हमासले रिहा गर्न लागेकाे २० जनाकाे सूचीमा विपिन जोशीकाे नाम छैन : राजदूत पण्डित (अडियोसहित)

आश्विन २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
हमासले रिहा गर्न लागेकाे २० जनाकाे सूचीमा विपिन जोशीकाे नाम छैन : राजदूत पण्डित (अडियोसहित)

काठमाडौं । इजरायली सेनाले हमासको नियन्त्रणमा रहेका विपिन जोशी जीवितको सूचीमा नरहेको जानकारी नेपाली दूतावासलाई दिएको छ ।

इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले कान्तिपुर समाचारसँग कुरा गर्दै इजरायली सेनाले आफूसहित विपिनका परिवार र प्रधानमन्त्री कार्यालयका अधिकृतसँगको भिडियो कलमा विपिनको अवस्थाका बारेमा जानकारी गराएको उहाँले बताउनुभएको हो ।

सन् २०२३ को अक्टोबर ७ का दिन हमासले विपिनसहित २ सय ५१ जनालाई नियन्त्रणमा लिई गएको थियो । तीमध्ये ४८ जना हमासको नियन्त्रणमा रहेकामध्ये जिवित २० जनाको आजै रिहाइ प्रक्रिया सुरू भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.