काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता रहेका उद्योगी तथा व्यवसायीलाई रकम तिर्न सूचना जारी गरेको छ ।
प्राधिकरणले बक्यौता रहेका उद्योगी व्यवसायीलाई आगामी कात्तिक १७ गतेभित्र बुझाउन समयसीमा दिएको छ । डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत उपभोग गरेको २०७२ माघदेखि २०७५ वैशाख महिनासम्मको विद्युत महशुल बक्यौता रकम बुझाउन प्राधिकरणले आइतबार सूचना जारी गरेको हो ।
बक्यौता तिर्न २८ महिनाको किस्ताबन्दीको सुविधा उपलब्ध गराउने प्राधिकरणले जनाएको छ ।