सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

आश्विन १२, २०८२ |सरिता चलाउने
सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

सल्यान । सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । 

रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङ घोराई जाँदै गरेको लु २ प ६५०२ नम्बरको फोर्स गाडी सल्यान र दाङको सीमा नजिक कपुरकोट गाउँपालिका वडा नं ३ को चोरखोलामा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

प्रहरीका अनुसार मृत्यु हुनेमा २ जना पुरुष र १ जना महिला रहेका छन । यस्तै दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन । ५ जना सवार गाडी बिहान ४ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइतेहरुको उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि नेपालगन्ज रेफर गरिएको छ ।

गाडी सडकदेखि ३००/४०० मिटर तल खसेको छ । घाइते हुनेमा १ महिला १ पुरूष रहेका छन । 


Image

सरिता चलाउने

चलाउने कान्तिपुर टेलिभिजन सल्यान संवाददाता हुन् ।