काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारका लागि छलफल जारी राख्नुभएको छ ।
प्रधानमन्त्री कार्कीले बुधबार बालुवाटारमा तीन जना मन्त्री र मुख्यसचिवसँग छलफल गर्नुभएको छ । अहिले मन्त्रिपरिषद् चार सदस्यीय छ । प्रधानमन्त्री कार्कीले बढीमा ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी गर्नुभएको छ ।
बाँकी ७ जना मन्त्री नियुक्त गर्न विभिन्न पक्षसँग छलफल भइरहेको छ । जेन-जीका प्रतिनिधिसमेतलाई सहभागी गराएर मन्त्रिपरिषद्लाई पूर्णता दिने र त्यसपछि द्रुतगतिमा काम गर्ने चाहना प्रधानमन्त्री कार्कीको छ ।