सामाजिक सञ्जाल बन्द गरेर मात्रै समस्याको समाधान हुँदैन : सांसद केसी

भाद्र २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
सामाजिक सञ्जाल बन्द गरेर मात्रै समस्याको समाधान हुँदैन : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेस सांसद अर्जुननरसिंह केसीले सामाजिक सञ्जाल बन्द गरेर मात्रै समस्याको समाधान नहुने भन्दै यसको समाधान खोज्नुपर्ने बताउनुभएको छ ।

आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले ‘सामाजिक सञ्जाल प्रभावकारी रूपले अहिले सञ्चालन भइरहेको र नेपाली जनताको दुःख सुखको साथीको रूपमा रहेको समेत बताउनु भयो । सामाजिक सञ्जाललाई राजनीतिक विषय बनाएर मात्रै हेर्न नहुने उहाँको भनाइ छ । 

विरामी पर्दा सहयोग नपाएर बस्दा सहयोग पाउने, विपद् सूचना संप्रेषणका लागि एउटा माध्यमका रूपमा पनि सामाजिक सञ्जाल रहेको कुरा बिर्सिन नहुने उहाँले बताउनु भयो । सामाजिक सञ्जाल संसारका सबै देशमा दर्ता हुने तर नेपालमा दर्ता हुन नआउने कुरा पनि ठिक नभएको उहाँले जिकिर गर्नुभयो ।

सांसद केसीले आम नागरिकहरू सामाजिक सञ्जाल बन्द गराएकोमा रूष्ट रहेको भन्दै यसको समाधान छिटो गर्नुपर्ने बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.