धादिङ । धादिङको नीलकण्ठ नगरपालिका-१ हिलेखर्ककी ८५ वर्षीया जीरामाया मगरलाई नगरपालिकाले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरिदिएको छ ।
भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य भएको भन्दै असक्त अवस्थाकी जीरामायालाई स्ट्रेचरमा बोकेर जिल्ला प्रशासन जान बाध्य पारिएको समाचार आइतबार कान्तिपुर टेलभिजनबाट प्रशारण भएपछि भुल स्वीकार गर्दै नगरपालिकाको टोली घरमै पुगेर उहाँको भत्ता नवीकरण गरेको हो ।
स्वास्थ्यकर्मीसहित पुगेको टोलीले जीरामायाको स्वास्थ्य परीक्षण गर्नुका साथै केही औषधि र खाद्यान्नसमेत सहयोग गरेको छ ।