काठमाडौं । नेकपा (एमाले)का सांसद ठाकुर गैरेले इजरायलमा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको उद्धारका कुटनीतिक पहल अझ प्रभावकारी सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उहाँले यस्तो ध्यानाकर्षण गराउनुभएको हो । उहाँले जोशीको आमा र छोरी हाल इजरायल पुगेको अवस्थामा उनको वास्तविक अवस्था पत्ता लगाई स्वदेश फर्काउने वातावरण निर्माण गर्न माग समेत गर्नुभयो ।
उहाँले विश्वशान्तीको पक्षमा सधैं उभिएको नेपालका एक नागरिकलाई युद्धको नाममा बन्धक बनाइनु वा बेपत्ता पारिनु गलत मात्र नभई अमानवीय कार्य भएको भन्दै यस्तो कार्य रोकिनुपर्नेमा जोड दिनुभयो ।
प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको थियो । जोशी बेपत्ता हुनुभएको थियो । उहाँको अवस्था अझै अज्ञात छ ।