प्रतिनिधि सभामा भ्रष्टाचार निवारण विधेयकको खोजी

श्रावण २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधि सभामा भ्रष्टाचार निवारण विधेयकको खोजी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद अम्मरबहादुर थापाले भ्रष्टाचार निवारण विधेयकको खोजी गर्नुभएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद थापाले भ्रष्टाचार निवारणसम्बन्धी विधेयक कहाँ छ भन्दै प्रश्न गर्नुभएको हो ? उहाँले विधेयकको हालको अवस्थाबारे संसद्लाई जानकारी गराउन सरकारको ध्यानाकर्षण समेत गराउनु भयो । 

उहाँले भ्रष्टाचार नियन्त्रण गर्ने कानूनलाई लुकाएर राख्न नहुने भन्दै तत्काल अघि बढाउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभाबाट पारित भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानून अहिलेसम्म कहाँ छ ? कसरी अगाडी बढेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने चिजलाई सरकारले लुकाएर राख्ने हो कि यो अगाडि बढाउने हो । यो विषयमा तत्काल सदनलाई जानकारी चाहियो ।’

रष्ट्रिय सभाबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोग (तेस्रो सशोधन) विधेयक २०७९ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७९ लाई सर्वसम्मतिले पारित भएको गरिएको थियो । समय समयमा सांसदहरूले यी विधेयकहरू सरकारले थन्क्याएर राखेको भन्दै प्रश्न उठाउने गरेका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.