काठमाडौं । गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली नागरिक (एनआरएन)लाई नागरिकता दिने व्यवस्था गर्न विधेयक मस्यौदा लेखन कार्य भइरहेको बताउनुभएको छ ।
राष्ट्रिय सभाको विधेयक व्यवस्थापन समितिको बैठकमा नागरिकतासम्बन्धी विधेयकमाथिको छलफलमा सांसदहर"ले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक गैरआवासीय नेपालीलाई नागरिकता दिने व्यवस्थासँग सम्बन्धित नरहेको स्वष्ट पार्नुभयो । उहाँले नागरिकता लिने प्रक्रियामा सहयोग नगरेको खण्डमा आमाको नाम नराखेर पनि नागरिकता लिन सकिने प्रस्ताव स्वीकार गर्नुभयो ।
उहाँ जबरजस्तीकरणीबाट जन्मिएका बालबालिकालाई नागरिकता दिने विषय समेत विधेयकले सम्बोधन गरेको बताउनु भयो । आमाको थरबाट नागरिकता पाउने व्यवस्था विद्यमान कानूनले नै दिएको भएपनि पैत्रृक सम्पती पाउन मुस्किल हुनेतर्फ बहस र छलफल आवश्यक रहेको उहाँले बताउनु भयो ।
ब्रिटिस गोर्खाका सन्तानलाई नेपाली नागरिकता उपलब्ध गराउने विषय सम्बोधन गर्न संविधान पुनरावलोकन गर्नुपर्ने उहाँकाे भनाइ छ । उहाँले नागरिकता विधेयकलाई छिटो टुंग्याउन समेत समितिसँग आग्रह गर्नुभयो ।