काठमाडौं । सरकारले भारतको उत्तराखण्ड उत्तरकाशीमा गएको बाढीमा नेपाली नागरिक परेको एकीन विवरण अहिलेसम्म नआएको बताएको छ ।
कान्तिपुर समाचारसँग कुरा गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले भारतस्थित नेपाली दूतावासलगायत विभिन्न माध्यमबाट नेपालीहरूको अवस्था बुझ्ने काम भइरहेको बताउनुभएको छ।
उहाँले परराष्ट्र मन्त्रालले कूटनीतिक माध्यम र भारतस्थित नेपाली दूतावासमार्फत् बाढीमा परेका भनिएका नेपालीहरूको अवस्थाबारे बुझ्ने प्रयास जारी राखेको जानकारी दिनुभयो ।
भारतको उत्तराखण्डको उत्तरकाशीस्थित धरालीमा गत मंगलबार आएको बाढीमा नेपालीहरू परेको खबर सार्वजनिक भए पनि सरकारले अहिलेसम्म आधिकारीक विवरण प्राप्त गर्न नसकेको हो ।