भूमि विधेयकमा किचलो गर्ने ठाउँ छैन, गलत व्याख्या गर्न खोजियोः मन्त्री अधिकारी

श्रावण १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
भूमि विधेयकमा किचलो गर्ने ठाउँ छैन, गलत व्याख्या गर्न खोजियोः मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकमा किचलो गर्ने ठाउँ नरहेको बताउनुभएको छ ।

बिहीबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री अधिकारीले विगतमा जग्गा वितरण प्रक्रियामा भएका कमजोरी र अनियमितताको आधारमा विधेयकको गलत व्याख्या भइरहेको बताउनुभएको हो । 

उहाँले विगतमा भूमि वितरणमा गलत काम भएको उल्लेख गर्दै त्यसको सुधार गर्न विधेयक ल्याइएको स्पष्ट पार्नुभयो । उहाँले विगतका कमजोरी सुधार्दै वास्तविक भूमिपीडितलाई जशग्गा दिन ऐन संशोधन भइरहेको उल्लेख गर्दै अनावश्यक हल्ला फैलाउनुको सट्टा विधेयकको सार र उद्देश्य बुझ्न आग्रह गर्नुभयो ।

उहाँले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्ने उद्देश्यले विधेयक अघि सारिएको दोहोर्याउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.