सोवितालाई कांग्रेस सांसद विकको जवाफः सरकारी स्कुलमै पढेको हो, नेपाली राम्रोसँग बुझ्छौँ

असार २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
सोवितालाई कांग्रेस सांसद विकको जवाफः सरकारी स्कुलमै पढेको हो, नेपाली राम्रोसँग बुझ्छौँ

काठमाडौं । नेपाली कांग्रेसकी सांसद शान्ति विकले सुमेरू ट्राभल्सले भिजिट भिसामा जापान पठाइदिन्छु भनेर गोरखाका एक व्यक्तिलाई ठगी गरेको बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले २०१० मा २५ लाखमा घर बेचेर दिएको कुरा खुलासा भएको बताउनुभएको हो । २०१० बाट २०२५ सम्म आइपुग्दा यस्ता पीडितहरू कति भए होलान् भन्दै उहाँले प्रश्न गर्नुभयो । 

ट्राभल्सको नाममा मानव तस्कर गर्ने अनि अरूलाई मानव तस्कर जस्तो शब्द प्रयोग गरेर जबरजस्ती सावित गर्न खोज्नु घृणित व्यवहार भएको जिकिर गर्नुभयो । बिना आधार, बिना उजुरी मानव तस्कर शब्द प्रयोग गरेर अरूको राजनीतिक, सामाजिक, व्यक्तिगत चरित्र समाप्त पार्ने कोशिस सह्य नहुने चेतावनी दिनुभयो । 

स्पेन भ्रमणमा बहानामा टोली लिएर गएर मान्छे छोडेर आयो भन्ने तथ्यहिन आरोप प्रधानमन्त्रीमाथि नलगाउन पनि चेतावनी दिनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आफूले प्रधानमन्त्रीसँग गएको टोली नफर्किएको नभनेको तर सांसदहरूले नेपाली पनि नबुझेको भन्ने टिप्पणी गरेपछि सांसद विकले आफू सरकारी विद्यालयमै पढेर आएको र नेपाली राम्रोसँग पढ्न आउने बताउनु भयो ।

संसद्मा बोल्ने अरूको कुरा नसुन्नि हिँड्ने नयाँ अभ्यास सुरू भएको हो भन्दै प्रश्न गर्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.