सर्वोच्चमा तीन न्यायाधीश र न्याय परिषद्‌मा एक सदस्य नियुक्त

असार २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
सर्वोच्चमा तीन न्यायाधीश र न्याय परिषद्‌मा एक सदस्य नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा तीन जना न्यायाधीश र न्याय परिषद्‌मा एक सदस्य नियुक्त गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नुभएको हो ।

यस्तै राष्ट्रपति पौडेलले न्याय परिषद् सदस्यमा महेशकुमार नेपाललाई नियुक्त गर्नुभएको छ । न्याय परिषद्ले सिफारिस गरेका सर्वोच्चमा तीन न्यायाधीश र न्याय परिषद् सदस्यको नाम आजै बसेको संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले न्यायाधीश नियुक्ति समावेशी नभएको भन्दै सुनुवाइ समितिको बैठक बहिष्कार गरेको थियो ।

समितिले अब न्यायाधीश सिफारिस गर्दा समावेशिताका आधारमा गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजेय चौरसियाको ध्यानाकर्षण गराएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.