दैलेख । दैलेखको भैरवी गाउँपालिकाको जलजले क्षेत्रमा ठूलो परिणाममा मिथेन ग्याँस पत्ता लागेको छ ।
चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले ८ महिनासम्म गरेको अध्ययनले १ अर्ब १२ करोड घनमिटर मिथेन ग्याँस रहेको पाइएको छ ।
डिर्लीङको प्रारम्भिक प्रतिवेदनअनुसार ठूलो परिणाममा मिथेन ग्याँस पत्ता लागेको अर्थमन्त्री दामोदर भण्डारीले बताउनुभयो ।
दैलेखको सिरस्थान- नाविस्थान पादुका र धुलेश्वरमा वर्षो देखि ज्वालाहरू जमिन मुनी ठाउँ ठाउँमा बल्दै आईरहेपछि उक्त स्थानमा चिनियाँ विज्ञटोलीहरूले ४ वर्ष अघि देखी उक्त्त स्थानहरूमा विभिन्न प्रकारका सर्वे र अनुसन्धान गरेको थियो।
ग्याँसको अन्तिम प्रतिवेदन भने डिसेम्बरसम्म लाग्ने खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक दिनेश कुमार नापितले बताउनुभएको छ। चिनियाँ विज्ञ टोलीले गरेको अध्ययनअनुसार नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्याँस जलजलेमा पत्ता लागेको हो ।