राष्ट्रिय युवा संघ नेपालको नेतृत्व चयनका लागि मतदान जारी

जेष्ठ १३, २०८२ |इन्द्र पौडेल
राष्ट्रिय युवा संघ नेपालको नेतृत्व चयनका लागि मतदान जारी

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको नेतृत्व चयनका लागि मतदान जारी छ । पोखरा सभागृहमा बिहान १० बजेदेखि मतदान सुरू भएको हो । अध्यक्षका उम्मेदवार क्षितिज थेबे र महासचिव सुमन पुरीले भोटिङ गर्दै मतदान सुरू भएको हो । 

निर्वाचनका लागि ४५ इलेक्ट्रीक मेसिन राखिएको छ । हरेक प्रदेशको लागि फरक-फरक आयोजक समिति र अन्तर जिल्ला विशेष गरी ९ बुथ राखिएको छ । निर्वाचनका लागि १ हजार ७६४ प्रतिनिधि छन ।

निर्वाचनमा क्षितिज थेबे र महासचिव सुमन पुरीको प्यानल चुनावी मैदानमा छ । थेबे प्यानलबाट उपाध्यक्षमा महाराज गुरूङ र विनय शाहले उम्मेदवारी दिएका छन । 

पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बनेका छन । महासचिवमा थेबे प्यानलबाट महेश चौलागाईं र पुरी प्यानलबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका छन । खुला सचिवमा अरूण बहादुर कुँवर, देव बस्नेत, ध्रुव खड्का, मदन भण्डारी, मिनाकुमारी राई र वकिल बहादुर बमले उम्मेदवारी दिएका छन ।

यस्तै सचिव मधेशीतर्फ चितरञ्जन यादव, मोबिन अख्तर आलम र विकाश झाले चुनावी मैदानमा छन । सचिव महिलातर्फ उमा पाण्डे र निशा लिम्बु सुब्बाले निर्वाचन लडेका छन । 

विभिन्न आयोगसहित १६३ सदस्यीय केन्द्रीय कमिटीमा ६४ जना निर्विरोध निर्वाचित भइसकेका छन । ९३ पदका लागि अहिले मतदान भइराखेको छ । गत शुक्रबारबाट सुरु भएको महाधिवेशनमा सहमति जुट्न नसक्दा निर्वाचन भएको हो ।


Image

इन्द्र पौडेल

पोखरामा कार्यरत पौडेल कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।