भक्तपुर । सूर्यबिनयाक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले भक्तपुरका पत्रकारले सथ्यतथ्य सहितको पत्रकारितालाई अगाडि बढाइएको बताउनुभएकाे छ । प्रमुख थापाले बिहीबार सप्पन्न गरेको मोजो विषयक एकदिने अभिमुखीकरण कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
कार्यक्रमका प्रमुख बासुदेव थापाले हालसम्म पनि भक्तपुरका पत्रकारले सत्य तथ्यहीन समाचारको सम्प्रेषण कमै मात्रामा गरिएको र पत्रकारहरूको सहि सर्वेक्षणले नगरपालिकालाई काम गर्न अझ थप जोस जागर चलेको जनाउनुभयो ।
यस्तै नेपाल पत्रकार महसंघ भक्तपुर शाखाको भवन निर्माण गर्न पनि कुनै कन्जुस्याइँ नगरी जग्गा उपलब्ध गराएको उहाँको भनाइ छ ।
उहाँले विकास निर्माणको एउटा कामलाई थाती राखेर भएपनि मानवीय विकास र मानवीय गोष्टि, सिपमुलक र रोजगारी मुलक कार्यहरूमा सदैव अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रमका विशेष अतिथि भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले मोजोले समाचारको प्राविधिक पक्षमा सहज पुर्याएको बताउनुभयो । उहाँले नागरिकको अपेक्षा प्रेससँग पनि जोडिएको भएर नागरिक समक्ष सत्य तथ्यगत सूचना सम्प्रेषण कसरी प्रस्तुत गर्ने भन्ने विषयमा पत्रकारले विशेष ध्यान पुर्याउनु पर्ने बताउनुभयो । उहाँकाअनुसार नागरिकको नाजरमा व्यवसायिक पत्रकारको छाप छाेड्न यस्ता प्रविधिमैत्री अभिमुखीकरण कार्यक्रमहरू आवश्यक छ ।
सूनपाका उपप्रमुख सरिता तिम्सिना भट्टराईले पाठकको रुचि अनुसारको विषयवस्तु प्रस्तुत गर्नु पर्नेमा जोड दिनुभयो । पत्रकारसँग सम्बन्धित चलचित्रको चर्चा गर्दै उहाँले कर्तव्य र अधिकारसँगै जिम्मेवार भाइ काम गर्न सम्पुर्ण पत्रकारहरूलाई आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष नारायण किलम्बुले प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा पनि चुनौती बढेको बताउनुभयो । समाजलाई सकारात्मक सोचमा ल्याउन पत्रकारले वच दगको भुमिका राम्रोसँग निभाएको पुर्व अध्यक्ष किलम्बुको भनाइ छ । बिहीबार दिएको तालिमले भक्तपुर जिल्लाका पत्रकारहरूलाई दक्षता र सीप प्रदान गरेको उहाँले बताउनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष एवं अभिमुखीकरण कार्यक्रमका सभापती सुन्दर शिल्पकारले पत्रकारको आवश्यकता र प्रविधिको विकासलाई ध्यानमा राखेर कार्यक्रम आयोजना गरिएको जनकरी दिनुभयो । अध्यक्ष शिल्पकारले पत्रकारिताको ट्रेण्ड फेरिएको र अहिलेको युगमा मोबाइलबाट नै सम्पुर्ण कार्य हुने गरेको र सम्पुर्ण सञ्चार माध्यमले मोजोलाई नै प्राथमिकता दिएर आम नागरिक सामु सूचना सम्प्रेषण गर्ने गरेकोले पत्रकारलाई मोजो सम्बन्धि तालिम आवश्यक भएको विचार व्यक्त गर्नुभयो ।