पाँचखालमा टिपरको ठक्करबाट बालिकाको मृत्यु

वैशाख २, २०८२ |पुजन धिताल
पाँचखालमा टिपरको ठक्करबाट बालिकाको मृत्यु

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका-३ चाप्पेपिपलमा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु गएको छ । आइतबार दिउँसो ४ बजे बा. प्र.०१–००४ ख १८८५ नम्बरको टिपरले ठक्कर दिँदा आरिका परियार गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

शक्ति परियारकी अन्दाजी ४ वर्षीया छोरी आरिका लाई टिपरले ठक्कर दिए लगत्तै उपचारका लागि पाँचखाल पोलिक्लिनिक लगिएको थियो । प्रारम्भिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएकोमा साँझ चिकित्सकले उनलाई मृत घोषणा गरेको हो । घटनापछि जिल्ला प्रहरी कार्यालय काभ्रेले आवश्यक अनुसन्धान थालेको जनाएको छ ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।