दोलखा । गौरीशंकर संरक्षण क्षेत्र अन्तर्गत दोलखाको विगु गाउँपालिका–१ लामाबगरस्थित ठोङठोङ नजिकैको जंगलमा आइतबार बिहान लागेको डढेलो नियन्त्रण बाहिर गएको छ ।
आइतबार बिहानैबाट संरक्षण क्षेत्रको जंगलमा लागेको डढेलो लामाबगरमा रहेको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको सुरक्षार्थ खटिएको नेपाली सेनाको गरुड दल गण, जनपदसहित सशस्त्र प्रहरी र संरक्षण क्षेत्रबाट खटिएको टोलीले नियन्त्रणमा लिने प्रयास गरेको थियो ।
डढेलोले लामाबगरमा लगेको विद्युतका पोलहरुमा क्षति गर्दा विद्युत सेवा अवरुद्ध भएको स्थानीयले बताएका छन् । नेपाल टेलिकमको टावर भने नेपाली सेनाले डढेलो निभाएर जोगाएको छ ।
तीव्र हावाका कारण डढेलो फैलिएको संरक्षण क्षेत्रका प्रमुख तुलसीप्रसाद दाहालले जानकारी दिनुभयो । डढेलोका कारण वन्यजन्तु प्रभावित बनेका छन् । रात परेकाले डढेलो निभाउन गएको टोली फर्किएको छ ।