काठमाडौं । काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।
आज दिउँसो २ बजेर ३५ मिनेटमा ५.९ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको हो । यो धक्का तिब्बतमा गत पुस २३ गते गएको भूकम्पको परकम्पन भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि आजै बिहान ६ बजेर २० मिनेटमा पनि बाग्लुङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।