सिम्रौनगढकी उपप्रमुखद्वारा नगरपालिकामा तालाबन्दी

माघ ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
सिम्रौनगढकी उपप्रमुखद्वारा नगरपालिकामा तालाबन्दी

बारा । बाराको सिम्रौनगढ नगरपालिकाका उपप्रमुखले आफ्ना योजनाहरूमा नगर प्रमुखले हस्तक्षेप गरेको भन्दै नगरपालिकामा तालाबन्दी गर्नुभएको छ । नगरसभाबाट बजेट बाँडफाँट भएर आफ्नो भागमा परेको विकास निर्माणको योजनाहरू कार्यान्वयनमा नगर प्रमुख किशोरीप्रसाद कलवारले हस्तक्षेप गरेको भन्दै उपप्रमुख नजमु शेहरले तालाबन्दी गर्नुभएको हो । 

नगर प्रमुख एकलौटी रूपमा अगाडि बढ्न खोजेको र उपप्रमुखलाई अधिकारविहीन बनाउन लागिपरेको उपप्रमुख शेहरको आरोप छ ।

नगरपालिकामा छुट्याइएका योजनाहरूको कार्यान्वयन गर्नका लागि प्रमुख प्रशासकीय अधिकृतलाई कार्यादेश बनाइदिन भन्दा नगर प्रमुखले रोकेको उपप्रमुख शेहरको भनाइ छ । यसरी आफ्ना योजनाहरूमाथि नगर प्रमुखले ठाडो हस्तक्षेप गरेपछि बाध्य भएर तालाबन्दी गर्नु परेको उपप्रमुखले बताउनुभयो । यता नगरप्रमुख किशोरीप्रसाद कलवारले भने सबै आरोप झुठा रहेको र कार्यादेश रोक्न आदेश नगरेको प्रतिक्रिया दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement