सिमेन्टमा भएको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

माघ ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
सिमेन्टमा भएको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं । प्रदेश सांसद रहबर अन्सारीले सिमेन्टमा अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गराउनु भएको छ ।

माओवादी केन्द्रका मधेस प्रदेश सांसद रहबर अन्सारीले सर्वोच्च अदालतमा मंगलबार दायर गरेको रिटको पेशी आजलाई तोकिएको छ ।

अन्सारीको रिटमा नेपालको संविधानको धारा ४६ र १३३ (२) (३) को आधारमा परमादेश लगायत अन्य आवश्यक आदेश जारी गरी पाउँ भनिएको छ । रिटमा नेपाल सरकारका गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल सिमेन्ट उत्पादक संघलाई विपक्षी बनाइएको छ ।

रिटमा कात्तिक १ गते ओपीसी सिमेन्टको करसहित प्रतिबोरा ४७२ रुपैयाँमा बिक्री गरेकोमा मङ्सिर १७ गतेसम्म ६३० रुपैयाँमा उद्योगले बेच्ने गरेको उल्लेख छ ।

रिटमा उठान गरिएको विषय सार्वजनिक चासोको विषय भएकोले यो विषयक किनारा नहुञ्जेलसम्म तत्काल सिमेन्ट स्वाभाविक रूपमा, पहिलेको उचित मूल्यमा उपलब्ध गराउनुपर्ने माग रिटमा गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement