सल्यान । सल्यान महोत्सवस्थलमा भएको आगलागीका पीडितहरूले न्याय र क्षतिपूर्तिको माग गर्दै दोषी माथि कडा कारबाहीको माग गरेका छन् ।
आगलागी भएको ४ दिन बितिसक्दा पनि कुनै निकायले वास्ता नगरेको गुनासो गर्दै उनीहरूले क्षतिपूर्तीको माग गरेका हुन । आगलागीपछि स्थानीय तह र प्रशासनसँग गुहार माग्दा पनि कुनै सुनुवाइ नभएको आगलागी पीडित दिपक कार्कीको गुनासो छ ।
सल्यान महोत्सवमा भएको आगलागीका पीडितहरू न्याय र क्षतिपूर्तिको माग गर्दै काठमाडौं आएर गृहमन्त्रालय र संघीय सरकारका उच्च अधिकारीहरूलाई भेट्ने तयारी गरेका छन्। माघ २६ गते भएको आगलागीमा ५२ जना व्यापारीहरूको ७३ वटा स्टल जलेर नस्ट भएका थिए । जस बाट साढे ४ करोडको क्षती भएको थियो ।