सजाय कम भएको भन्दै उपसचिव नेपाल विरुद्ध अख्तियारद्वारा पुनरावेदन

माघ २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
सजाय कम भएको भन्दै उपसचिव नेपाल विरुद्ध अख्तियारद्वारा पुनरावेदन

काठमाडौं । घुस लिएको आरोपमा दोषी ठहर भएका उपसचिव प्रमोद नेपाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ । घुस लिएको आरोपमा विशेष अदालतबाट दोषी ठहर भएका उपसचिव नेपालको सजाय कम भएको र नेपालसँगै प्रतिवादी बनाइएका बीबी एअरवेजका तत्कालीन कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठलाई सफाइ दिने निर्णय बदर हुनुपर्ने माग सहित अख्तियार पुनरावेदन पुगेको हो । 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले २०८० माघ १९ गते नेपाललाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको थियो । नेपाललाई १ वर्ष कैद र ६ लाख जरिवाना हुने फैसला सुनाएको थियो । बीबी एअरवेजको इजाजत पत्र नवीकरणका लागि नेपालले १६ लाख रुपैयाँ घुस लिएको अख्तियारको आरोप छ । यद्यपि बीबी एअरवेजका कार्यकारी अधिकृत श्रेष्ठले भने नेपाललाई घुस दिएको नभई सापटी दिएको बयान दिएका थिए । सापटी दिएको भए पनि सरकारी कर्मचारीले रकम लिनु गलत भएको भन्दै अदालतले दोषी ठहर गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement