काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले हमासको नियन्त्रणमा रहेका विपिन जोशी सकुशल रहेको दाबी गर्नुभएको छ ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा आज उहाँले यस्तो बताउनुभयो । 'विपिन भाइ सकुशल हुनुहुन्छ । उहाँ फर्केर आउनुहुन्छ भन्ने ढुक्क छ,' परराष्ट्रमन्त्री राणाले भन्नुभयो ।
कतारका लागि नेपाली राजदूतले त्यहाँका परराष्ट्रमन्त्रीसँग कुरा गर्ने र रिहाइका लागि पहल गर्ने समेत उहाँले बताउनुभयो ।