सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको एक प्रहरी चौकीमा भूकम्पबाट सामान्य क्षति भएको छ । आज बिहान चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रविन्दु भएर गएको भूकम्पले क्षति पुर्याएको हो ।
भोटेकोशी गाउँपालिका-४ फुलपिङकट्टी स्थित इलाका प्रहरी चौकीको भवन ३ ठाउँमा चर्किएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी उमाशंकर यादवले जानकारी दिनुभयो ।
चीन नजिकैको क्षेत्र भएका कारण सामान्य क्षति भएको हुन सक्ने उहाँले बताउनुभयो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखेको छ ।