गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘आरएनपी-एआर’ प्रणाली लागू हुने

पुस १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘आरएनपी-एआर’ प्रणाली लागू हुने

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा माघ १० गतेदेखि भूउपग्रहमा आधारित ‘आरएनपी-एआर’ प्रणाली लागू हुने भएको छ । यसले नौं सय मिटर भिजिबिलिटीमै विमान अवतरण गर्न सक्ने छन्।

हिउँदका तीन महिना मंसिर, पुस र माघमा हुस्सुले भिजिबिलिटी घट्ने समस्याले अन्तर्राष्ट्रिय उडान स्थगन हुने गरेको छ । समस्या समाधानका लागि ‘आरएनपी-एआर’ प्रणाली लागू गर्न लागिएको हो ।

नागरिक उड्डयन प्राधिकरणको प्राविधिक तहदेखि प्रधानमन्त्री तहबाट अनुरोध गर्दा पनि ‘इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम’ आईएलएस सञ्चालनमा भारतले सहमति नदिएपछि जहाज अवतरणका क्रममा मार्गनिर्देश गर्ने स्याटलाइटमा आधारित ‘आरएनपी-एआर’ प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

रेडियो नेभिगेसन प्रणाली आईएलएस भन्दा जहाज अवतरणमा भूउपग्रहमा आधारित ‘आरएनपी-एआर’ प्रणाली उत्तम मानिन्छ । भैरहवा विमानस्थलमा जडान हुन लागेको यो प्रणाली नेपाली प्राविधिकहरूले नै डिजाइन गरेका हुन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement