पूर्वसभामुख ढुंगानालाई राष्ट्रिय सम्मानसहित श्रद्धाञ्जली, अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगियो

मंसिर ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
पूर्वसभामुख ढुंगानालाई राष्ट्रिय सम्मानसहित श्रद्धाञ्जली, अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका पूर्वसभामुख दमनदाथ ढुंगानालाई राष्ट्रिय सम्मानका साथ श्रद्धाञ्जली दिनु भएको छ । प्रधानमन्त्री ओलीले दिवंगत पूर्वसभामुख ढुंगानाको पार्थीव शरीरमा राष्ट्रिय झण्डा ओढाइ अन्तिम सम्मान गर्नुभएको हो ।

ढुंगानालाई श्रद्धाञ्जली दिन आज उहाँको पार्थीव शरीरलाई सानो गौचरणमा राखिएको थियो । ढुंगानालाई सानोगौचरण पुगेर नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायतका नेताहरुले श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । 

श्रद्धाञ्जली अपर्णको क्रम सकिएपछि दिवंगत ढुंगानाको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि पशुतपि आर्यघाट लगिएको छ । उहाँलाई आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।

श्रद्धाञ्जलीका क्रममा प्रधानमन्त्री ओलीले ढुंगाना नेपालको लोकतान्त्रिक प्रणालीमा बेग्लै प्रभाव छोड्न सफल, अत्यन्त मिलनसार, मृदुभाषी, सरल र अशल मान्छे हुनाका साथै सबैका कुरा सुन्ने व्यक्तित्व हुनुभएको बताउनुभयो ।

८३ वर्षीया ढुंगानाको हिजो दिउँसो पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । मन्त्रिपरिषद्को आज बिहानको बैठकले ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र आजका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.