पूर्वसभामुख दमननाथ ढुंगानाको अन्तिम संस्कार आज दिउँसो पशुपति आर्यघाटमा गरिने

मंसिर ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
पूर्वसभामुख दमननाथ ढुंगानाको अन्तिम संस्कार आज दिउँसो पशुपति आर्यघाटमा गरिने

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको अन्तिम संस्कार आज दिउँसो पशुपति आर्यघाटमा गरिने भएको छ ।

कलेजो सम्बन्धी समस्याबाट पीडित ढुंगानाको उपचारकै क्रममा हिजो काठमाडौंको एक अस्पतालमा निधन भएको थियो ।

अन्तिम संस्कारअघि बिहान ११ बजेदेखि अपरान्ह १ बजेसम्म उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नक्सालस्थित सानो गौचरणमा राखिने भएको छ । ढुंगानाको पार्थिव शरिर अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

बेलायतमा रहेका छोरा निमेष फर्केपछि ढुंगानाको पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने पारिवारिक श्रोतले जनाएको छ । पूर्वसभामुख ढुंगानाको निधनप्रति राष्ट्रपति रामचन्द्र पौडल, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानाले गहिरो दु:ख व्यक्त गर्दै उहाँले नेपालको राजनीतिमा पुर्याएको योगदानको स्मरण गर्नुभएको छ ।

यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतले पनि पूर्वसभामुख ढुंगानाको निधनप्रति दुख व्यक्त गर्नुभएको छ । स्वर्गीय ढुंगानाका श्रीमती, दुई छोरा र एक छोरी छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.