कञ्चनपुर । कञ्चनपुरमा एक विद्यालयको बसले सोही विद्यालयमै पढ्ने एकजना बालकको ज्यान लिएको छ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ बंकमा रहेको डाइमण्ड बोर्डिङ स्कुलको बसको ठक्करले आफ्नै विद्यार्थीको मृत्यु भएको छ ।
शुक्लाफाँटा नगरपालिका ५ वन समितिका ८ वर्षीय बालक अनमोल कुँवरको आफै अध्ययनरत विद्यालयको बसको ठक्करले मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले विद्यार्थी छाडेर विद्यालय फर्किने क्रममा कृष्णपुर नगरपालिका २ वाणी बंकको डाइमण्ड इङ्लिस बोर्डिङ स्कुलको ना ३ ख ८१४६ नम्बर बसको ठक्करबाट सोही विद्यालय कक्षा २ मा अध्ययनरत बालकको मृत्यु भएको छ ।
कुँवर वाणी बंक स्थित मामा घरमा बसेर उक्त बोर्डिङ स्कुलमा पढ्दै आएका थिए । उक्त घटना बारे कञ्चनपुर प्रहरीले छानबिन भइरहेको जनाएको छ ।