[अपडेट] पलाँता जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुग्यो

कार्तिक २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
[अपडेट] पलाँता जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुग्यो
प्रतीकात्मक तस्बिर ।

कालीकोट । कालीकोटको पलाँता गाउँपालिका-३ स्थित राडीनिजकै भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।

दुर्घटनामा परी ५ जनाको मृत्यु र १३ जना घाइते भएकोमा थप एकजनाको मृत्यु भएसँग मृतकको संख्या ६ पुगेको हो । घाइतेको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर दुर्घटनास्थलतर्फ जान लागेको छ ।  

ग्रामीण सडकमा सञ्चालन हुने कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप दुर्घटना भएर सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीको भनाइ छ । 

घाइते भएकाहरु गम्भीर अवस्थामा रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ । घटना स्थलमा नेपाल प्रहरीसहितको टोली उद्धारका लागि खटिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.