[अपडेट] भरतपुरस्थित १७ किलोमा भएको दुर्घटनामा ज्यान गुमाएका पाँच जनामध्ये चारको सनाखत

कार्तिक २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
[अपडेट] भरतपुरस्थित १७ किलोमा भएको दुर्घटनामा ज्यान गुमाएका पाँच जनामध्ये चारको सनाखत

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर-२९ सत्रकिलोमा आज बिहान बस र विद्युतीय यात्रुवाहक गाडी ठोक्किँदा ज्यान गुमाएका ५ जनामध्ये ४ जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालका अनुसार दुर्घटनामा विद्युतीय गाडीका चालक खैरहनी-४ का ३९ वर्षका अनुज अधिकारी, सोही गाडीमा रहेका गोर्खाको आरुघाट गाउँपालिका १ मान्बु बस्ने वर्ष ४०/४२ का राज बहादुर गुरुङ, नवलपरासी- ४ बस्ने ३५ वर्षका सन्तोष भुसाल र भारत घर भई हाल पोखरा-९ बस्ने ३६ वर्षका राजकुमार साह रहेका छन् ।

मृतक एक जना महिलाको भने अझै सनाखत हुन सकेको छैन ।

मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०६-००१ ज ०२९८ नम्बसको विद्युतीय गाडी र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २८१२ नम्बरको बस आज बिहान ३ बजे १७ किलोमा एक आपसमा ठक्कर खाएको थियो ।

दुर्घटनामा घाइते भएका ६ जनामध्ये २ जना डिस्चार्ज भइसकेका छन् भने एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । अन्य ३ जनाको उपचार जारी छ । बस चालक मकवानपुर हेटौडा-९ बस्ने वर्ष ४४ का सूर्य विक्रम विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.