गोरखाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस सम्पर्कविहिन

आश्विन १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
गोरखाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस सम्पर्कविहिन

गोरखा । गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको  यात्रुबाहक बस सम्पर्कविहिन भएको छ ।

शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस अहिले सम्मपनि सम्पर्कमा नआएको बताइएको छ ।

गोरखा दरौदी यातायत प्रालिका अध्यक्ष नारायण खत्रीका अनुसार राति १० बजेसम्म खानिखोला सम्म सम्पर्क पनि त्यसपछि कोहि कसैसँग सम्पर्क भएको छैन् । उत्त बसमा कति यात्रु थिए भन्नेबारे पनि एकिन भएको छैन् ।

बसको खोजिकार्यका लागि यातायात प्रालिले अपिल गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement